प्रिय आमा-बुवा, काका-काकी, हजु्रबुवा-हजुरआमा !

Letters For Black Lives
Letters for Black Lives
4 min readJun 8, 2020

--

यो “ ब्ल्याकहरूको जीवनको अर्थ छ” अभियानमा ऐकवध्दता जाहेर गर्न अश्वेतहरूले भोग्नु परेको जीवन वारे नेपाली भाषामा लेखिएको खुला पत्रको अनुवाद हो।यो पत्र अश्वेतहरू वारे विभिन्न समूदायमा जानकारी प्रदान गर्न,सन्दर्भ सामग्री सँकलन गर्न तथा अनुवाद गर्न सँचालित आयोजनाको एउटा महत्वपूर्ण अँस हो।यो पत्र सैयौँ मानिसहरूको सँयुक्त प्रयासमा तयार पारिएको हो, जो आफ्ना आमा-वावुसँग एउटा महत्वपूर्ण मुध्दामा सम्मानित र मर्यादित ढँगले अर्थपूर्ण वहस गर्न चाहन्छन

हामीले आपससमा कुरा गर्न/बातचीत गर्न अति जरूरी छ।

तपाईंका धेरै ‘ब्ल्याक’ अर्थात् ब्ल्याक जातिका साथी, सहकर्मी वा चीनजान/हिमचीम भएका साथी नहुन सक्छन् । तर मेरा छन्। तर ब्ल्याक जातिका मानिसहरू मेरो जीवनका आधारभूत अंश हुन्। तिनीहरूमध्ये कति मेरा साथी छन्; कति छिमेकी र कति त पारिवारिक सदस्य छन्। अहिले म उनीहरूलाई लिएर धेरै नै चिन्तित छु र डराएको पनि छु।

केहि दिन अगाडि मात्र मिनेसोटामा एउटा श्वेत प्रहरीको अफिसरले जर्ज फ्लाइउड नामक अश्वेत नागरिकलाई बारम्बार सास फेर्न गार्हो भो भन्दा पनि नौ मिनेट सम्म जमिनमा घाँटी धसाएर हत्या गर्यो। फ्लाईउडलाई जमिनमा धसाएर घाटी थिच्दा अरू दुईजना अफिसरले सहयोग गरेका थिए भने अर्का एसियन मूलको अफिसरले भने कुनै हस्तक्षेप गरेका थिएनन्। यसरी मारिने फ्लाईउड एक्लो व्यक्ति होईनन्। यस वर्ष मात्रै प्रहरीले ड्रिसजन रिड(ईन्डियाना)र टोनी मेक्डेड(फ्लोरिडा)लाई मे महिनामा र व्रेवन्ना टेलर(केन्टकी)लाई मार्चमा मारेको थियो। त्यस्तै फेब्रुअरीमा एकजना भूपू गुप्तचर अफिसरले जर्जियाको अहमौद आरवेरीको पनि हत्या गरेको थियो।

तर अझ चिन्ताको कुराचाँहि के छ भने मिडियाले पर्याप्त चर्चा गरे पनि अश्वेतहरूको हत्यामा संलग्न कसैलाई पनि कानुनी दायरामा ल्याईएन। कतिपय यस्ता घटना रेकर्डमा नआएका वा सार्वजनिक नभएका पनि छन्। यस्ता घटनाबारे हामी अन्दाज मात्र गर्न सक्छौँ।

यो एउटा डरलाग्दो वास्तविकता हो। मैले माया गरेका/वास्ता गरेका अश्वेत(ब्ल्याक) अमेरिकीहरू अहिले आतंकको कालो छायाँमा बाँच्न अभिशप्त छन्।

तपाईं सोचिरहनुभएको हुनसक्छ : हामी पनि अल्पसंख्यामा छौँ। हामी केही नलिईकन अमेरिका आएर भेदभाव भोग्दै भए पनि उन्नत जीवन निर्माण गर्न सक्छौँ भने किन उनीहरू सक्दैनन्?

यसबारे म आफ्नो मनको कुरा बाँड्न/साझा गर्न चाहन्छु। म यो कुरा तपाईंहरूलाई माया, स्नेह र जिम्मेवारीवोधका साथ भनिरहेको छु।

यो कुरा म लगायत हामी सबैले भविष्यमा अझ राम्रो गर्न, उन्नति गर्न सकौँ भनेर गरिरहेको छु। प्रायः जब हामी सडकमा हिँडिरहेका हुन्छौँ, मानिसहरूले हामीलाई खतराको रूपमा हेरिरहेका हुदैनन्। हामी घर फर्किन सकिएला कि नसकिएला भन्ने सोचेरै प्राय: घरबाट निस्कँदैनौँ। प्रहरीले घसेटिहाल्यो भने पनि हामीलाई मरिहालिन्छ भन्ने डर हुँदैन।

तर हाम्रा ब्ल्याक साथीहरूको हकमा यो कुरो लागु हुँदैन।

वहुसँख्यक कालाहरूलाई उनीहरूको ईच्छाको विपरित दासको रूपमा खरिद गरेर ल्याईएको थियो।धेरै शताव्दी सम्म उनीहरूको समूदाय,परीवार र शरीरमाथि विभिन्न किसिमका दूर्व्यवहारहरू भए/ गरियो। दास प्रथा अन्त भई सके पछि पनि उनीहरूलाई सहज ढँगले जीउन/वाच्न दिईएन-कानुनी रूपमै उनीहरूलाई मताधिकारवाट रोकियो/ वन्चित गरियो, उनीहरूको शिक्षामा तघारो हाल्ने/वाधा पुर्याउने कोशिशहरू भए।त्यस्तै उनीहरूलाई घरव्यवहार, वन्दव्यापार गर्न पनि विभिन्न खाले वहाना वनाएर रोक्ने प्रयत्नहरू भए।यी सवै असमान, अन्यायपूर्ण व्यवहारहरूलाई प्रहरि र जेलको माध्यमवाट लागु गरियो- धेरै पहिले ब्ल्याकहरू(दास)लाई वृक्षारोपणको वेला गोराहरूले गर्ने कठोर गस्तिसँगै यस्को शुरूवात भएको भेट्न सकिन्छ।ब्ल्याकहरू माथिको हिँशाको प्रस्तुत शृँखला अहिले पनि निरन्तर जारी छ। रूप वदलिए पनि उनीहरू माथिको थिचमिचो,अत्याचार अझै रोकिएको छैन।

ब्ल्याक मानिसहरूलाई बारम्बार प्रताडित गरिने क्रम रोकिएको छैन। हामीले जति अधिकार पनि उनीहरूले उपभोग गर्न पाएका छैनन्। यस्ता अधिकार माग्ने क्रममा उनीहरूले प्रहरीको पिटाइ खानुपर्ने, जेल जानुपर्ने मात्र होइन, मारिनुपर्ने अवस्था पनि यथावत रहेको छ। यस्तो असमान र असंगत पद्धतिमा एक-अर्कालाई दोषारोपण गरेर हामी अझ कम्जोर बनिरहेका छौँ। यसबारे हामीले गम्भीर ढंगले सोच्नु पर्दछ।ब्ल्याक कार्यकर्ताहरुले पक्षपातपूर्ण आप्रवासन सम्बन्धी कानुन र समुदाय पृथकीकरण कानुन बन्नबाट रोकेर हामीलाई ठूलो गुण लगाएका छन्।

सानातिना प्रगति भएजस्तो देखिए पनि अझै यही अन्यायपूर्ण प्रणाली हाबी छ। सैँयौँ वर्षपछि पनि हाम्रो सरकार काला जातिका मानिसहरूको हत्या गरिरहेको छ। र, जिम्मेवारीबाट पन्छिरहेको छ।

मलाई थाहा छ, तपाईंहरू लुटपाट र सम्पत्ति ध्वंश भएको देखेर चिन्तित हुनुको साथै डराउनु पनि भएको छ। यस्तो सोच्नु अस्वाभाविक होइन। तर कल्पना गर्नुहोस् त- राज्यद्वारा थोपरिएको हिंसाविरूद्ध यस्तै लँडाई तपाईंले लड्नुपरेको भए कस्तो अनुभव गर्नुहुन्थ्यो? तपाईंका बालबच्चालाई प्रतिस्थापन गरिने सामग्रीजसरी फ्याँकिएको भए रिस उठ्थ्यो कि उठ्दैनथ्यो होला? पक्कै तपाइँ सहेर बस्न सक्नुहुने थिएन। विश्व महामारीको चपेटामा परेको वेला यसरी प्रदर्शनमा उत्रिनुपर्ने अवस्था किन सृजना भयो होला त?

उनीहरू रहरले होइन, बाध्यताले संघर्षको मैदानमा उत्रिएका छन्। त्यसैले म ‘ब्ल्याक जातिका मानिसहरूको जीवनको अर्थ छ’ (Black Lives Matter) भन्ने अभियानलाई समर्थन गर्छु।

यो समर्थनले के पनि इंगित गर्छ भने, मेरै परिवार वा समुदायका सदस्यहरूले पनि ब्ल्याक जातिको गरिमा र आत्मसम्मानमाथि ठेस पुग्ने काम भयो भने मेरो गम्भीर आपत्ति रहनेछ। हाम्रो मौनताको कारणले ठूलो मूल्य चुकाउनुपर्नेछ। त्यसैले बोलौँ- अन्यायको विरूद्धमा मुख खोलौँ।

म तपाईंहरूप्रति दयाभाव नराख्ने देशमा आफ्नो न्यायपूर्ण संघर्षलाई विनाविश्राम निरन्तरता दिएकोमा कृतज्ञता प्रकट गर्दछु। यस अभियानको समर्थन पनि गर्दछु । गरिबी, रोग, अपराध र आतंकवाद भित्र्याउने भनेर हामीलाई दोषारोपण गरिन्छ। मेरो सुखमय जीवनको लागि पूर्वाग्रही अमेरिकाबाट तपाईले धेरै अन्याय सहेका छौ।

तर यी संघर्षहरूले हामीलाई के पनि सिकाएको छ भने- पहिलेभन्दा अझ सुदृढ ढंगले हामीहरू जोडिएका छौँ। र, जबसम्म हाम्रा ब्ल्याक साथीहरू, प्रियजनहरू तथा छिमेकीहरु सुरक्षित हुदैनन्, तबसम्म हामी पनि सुरक्षित रहन सक्दैनौँ। हामीले चाहेको त यस्तो संसार हो, जहाँ कुनै पनि प्रकारको डरत्रास, विभेद र अपमान नहोस्। हिंसा र आतंक नहोस्। बस्, मैले चाहेको त यही नै हो। मलाई लाग्छ, तपाईं पनि यस्तै भविष्य चाहनुहुन्छ।

प्रेम र आशासहित:

तपाईंका नानीबाबुहरू ।

Translated by:

  • Samir Shrestha
  • Dinesh Shrestha
  • Raji Manjari
  • Ayush Pant

--

--